birat ribon

मेस्सीको कीर्तिमान एम्बाप्पेको नाममा

Neuro
मेस्सीको कीर्तिमान एम्बाप्पेको नाममा

विराटनगर / फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार किलियन एमबाप्पेले च्याम्पियन्स लिगमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको कीर्तिमान आफ्नो नाममा सारेका छन् ।

बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा एक गोल गर्दै विश्वकप विजेता एम्बाप्पे च्याम्पियन्स लिग इतिहासमा २५ गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।

cura insider

पिएसजीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेले पनि समग्रमा ५–२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । पिएसजीले पहिलो लेगको खेलमा ४–१ गोलको जित निकालेका सहजै अघिल्लो चरणमा स्थान बनाएको हो ।

उनले खेलको ३०औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यस गोलसँगै एमबाप्पेले कम उमेरमा २५ गोल पूरा गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । एमबाप्पेले २२ वर्ष ८० दिनमा च्याम्पियन्स लिगमा २५ गोलको कीर्तिमान कायम राखेका हुन् ।

यसअघि सो कीर्तिमान बार्सिलोनाका मेस्सीको नाममा रहेको थियो । उनले २२ वर्ष २ सय ८६ दिनमा सो कीर्तिमान कायम गरेका थिए ।

jackson ribon