birat ribon

युनाइटेड र मिलान भिड्दै

Neuro
युनाइटेड र मिलान भिड्दै

विराटनगर / युइएफए युरोपा लिगमा आज राति अन्तिम १६ का आठ खेल हुँदैछन् । अन्तिम १६ को पहिलो लेगअन्तर्गत आज १६ वटै टोली प्रतिस्पर्धामा छन् ।

आज इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानसँग खेल्दैछ । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने यो खेल नेपाली समयानुसार राति ११ः४० बजेबाट सुरु हुँदैछ ।

cura insider

यस्तै अर्को खेलमा आर्सनलले ओलम्पिकससँग खेल्नेछ । राति १ः४५ बजे हुने यो खेल ओलम्पिकसको मैदानमा हुनेछ । यस्तै सोही समय टोटनह्याम हटस्परले डायनामो जाग्रेबसँग खेल्दैछ भने राति १ः४५ बजे नै रोमाले शख्तर डोनेस्कसँग खेल्नेछ ।

jackson ribon