birat ribon

जब पोर्टोले नै रोनाल्डोलाई ‘सुँगुर’ भन्यो

Neuro
जब पोर्टोले नै रोनाल्डोलाई ‘सुँगुर’ भन्यो

विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो आवद्ध टोली युभेन्टस क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरियो । इटालियन च्याम्पियन क्लब युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

अन्तिम १६ को दोस्रो लेगमा पोर्टोमाथि ३–२ गोलको जित निकाले पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । यसअघि पहिलो लेगमा २–१ गोलले पराजित युभेन्टसले गए राति आफ्नै मैदानमा ३–२ गोलको जित निकाल्दा समग्रमा ४–४ को नतिजा बनाएको थियो । तर, अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

cura insider

यो खेल पोर्चुगिज स्टार स्टार रोनाल्डोका लागि भने फलदायक भएन । अन्य खेलको अन्तिम १६ को दोस्रो लेगमा टोलीलाई कम्ब्याक दिलाउँदै आएका उनले उक्त खेलमा गोल गर्न सकेनन् । यसै कारण टोलीकै प्रशिक्षक आन्द्रे पिर्लोलगायत अन्यले रोनाल्डोको आलोचना गरिरहेका छन् ।

यस्तैमा पोर्टो क्लबका रङ्गशालाका उद्घोषक फर्नान्डो साउल नै आलोचनामा उत्रिएपछि रोनाल्डोकी दिदी प्रतिकारमा उत्रिएकी छन् । साउलले सामाजिक सञ्जालमा रोनाल्डोलाई ‘सुँगुर’ भन्दै परिवारसहितको आलोचना गरेपछि उनकी दिदी केटिया अभेइरो प्रतिकारमा उत्रिएकी हुन् ।

खेल सुरु भन्दाअगाडि साउलले लेखेका थिए, ‘अब हामीले इटालियन चोरहरूसँग बदला लिनुपर्छ । अब रोनाल्डो सुँगुरसँग बदला लिनुपर्छ । उनले के नै गरेका छन् र ? म उनको भिडियोको प्रतीक्षामा छु । र, उनको दाँतविहीन परिवारको पनि ।’

यस्तैमा रोनाल्डोकी दिदीले पोर्टोकै प्रतिनिधि यसरी विरोधमा उत्रिनु जिम्मेवारपूर्ण भएको भन्दै प्रतिकार गरेकी हुन् । उनले लेखेकी छन्, ‘पार्टो क्लबकै प्रतिनिधिले यस्तो आरोप लगाउनु ठिक होइन । म पनि च्याम्पियन्स लिगमा पोर्टोको समर्थन गर्छु तर यो गैरजिम्मेवारपूर्ण प्रतिक्रिया हो ।’

jackson ribon