birat ribon

मृगौलालाई स्वस्थ राख्ने सरल तरिका

Neuro
मृगौलालाई स्वस्थ राख्ने सरल तरिका

विराटनगर / मृगौला शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हो ।

मृगौलाले शरीर तथा रगतमा भएका विकार वस्तु हटाउने, अत्यधिक पानीलाई पिसाबको माध्यमबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्छ । मृगौलाले शरीरमा पिएच, नुन र पोटासियमको मात्रालाई सन्तुलन गर्ने काम गर्छ । सुरुवाती चरणमा मृगौला बिग्रिएको थाहा नहुने हुँदा मृगौलालाई विभिन्न रोग लाग्नबाट जोगाउनका लागि सचेत हुन जरुरी हुन्छ ।

cura insider

मृगौलालाई स्वस्थ राख्नका लागि सबैभन्दा सरल र सजिलो तरिका भनेको धेरै मात्रामा पानी पिउनु हो । विशेषगरी गर्मी महिनामा डिहाइड्रसनको सम्भावना बढी हुने हुँदा एक दिनमा कम्तिमा १० देखि १२ गिलास पानी पिउनु पर्छ । पानीको साथसाथै तरल पदार्थ वा पानीको मात्रा धेरै हुने फलफूल तथा तरकारीको सेवन गर्न सकिन्छ ।

अत्यधिक नुनको सेवनले शरीरको रक्तचाप बढ्ने हुँदा यसले मृगौलाको कार्यमा बाधा पुर्‍याउने गर्छ । त्यसकारण मृगौलालाई स्वास्थ्य राख्नका लागि नुनको सेवनमा उचित ध्यान पुर्‍याउनुपर्छ । हामीले खाने खानाहरू सामान्यतः अस्वस्थकर हुन्छन् । खाना विषाक्तता, अपचको साथसाथै यस्ता प्रशोधित खाना, चिनी, नुन, संतृप्त फ्याट आदि उच्च भएको खानाले किड्नीमा सङ्क्रमणको जोखिम पनि बढाउने गर्छ ।

स्वस्थ खाना खाने, आफ्नो तौलमा नियन्त्रण राख्नुका साथै धुम्रपान र मदिरापान त्याग्नाले मृगौलालाई स्वस्थ राख्न सकिन्छ । अत्यधिक र गाह्रो व्यायामले मांसपेसी तन्किने हुँदा यसले मृगौलामा पनि असर गर्ने सक्छ । मांसपेसीमा हुने समस्याले प्रोटिन चुहिने समस्या हुन सक्छ जसले मृगौला फेल हुने सम्भावना पनि रहन्छ ।

रगतमा चिनीको र रक्तचापको स्तर जाँच गर्नुका साथै नियमित निरीक्षण गर्नुपर्छ । मधुमेह वा उच्च रक्तचापका रोगीले चिकित्सकहरूले सिफारिस गरेअनुसार औषधिको सेवन गर्नुपर्छ । मधुमेह र उच्च रक्तचाप अनियन्त्रित भएमा मृगौलामा हानी पुग्छ । लामो समय अत्यधिक मात्रामा दुखाइ कम गर्ने औषधिको सेवनले पनि मृगौलामा हानी गर्न सक्ने हुँदा दुखाइ कम गर्ने औषधिको सेवन चिकित्सकहरूले सिफारिसमा मात्र सेवन गर्नुपर्छ ।

६० वर्षभन्दा माथिका, कम जन्म तौलका साथ जन्मेका मानिस, मधुमेह, हृदय रोग, उच्च रक्तचाप भएका, मोटपनाको समस्या भएका तथा किड्नीमा समस्या भएको लक्षण देखिएमा परीक्षण गराउनु उचित हुन्छ ।

jackson ribon