birat ribon

एमाले र माओवादी केन्द्रबीच पुनः एकता हुन्छ : ईश्वर पोखरेल

Neuro
एमाले र माओवादी केन्द्रबीच पुनः एकता हुन्छ : ईश्वर पोखरेल

पर्सा / उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने बताएका छन् । उनले अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि पार्टीबीचको एकता र पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिए ।

विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको उनको धारणा थियो । उनले भने, ‘निर्वाचनका लागि तयार हुन आममतदातासमक्ष आग्रह गर्दछु ।’

cura insider

प्रेस सेन्टर पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताए ।

उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले ठेक्का सकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गरिने पनि जानकारी दिए । रासस

jackson ribon