birat ribon

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि झापा कारागारमा नयाँ भवन थपिँदै

Neuro
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि झापा कारागारमा नयाँ भवन थपिँदै

झापा / महाशिवरात्रिको शुभदिन पारेर झापा कारागारमा नयाँ भवनको शिलान्यास गरिएको छ । कैदीबन्दीको सङ्ख्या बढ्दै गएकाले नयाँ भवनको आवश्यकताअनुसार निर्माण थालिएको हो । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा नयाँ भवन बनाउन सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरेका छन् ।

हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५० कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका–८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार एक सय ८४ कैदीबन्दी छन् । तीमध्ये एक हजार एक सय १६ पुरुष, ६४ महिला र चार बालबालिका छन् । तर, पुरानो कारागार भवन तीन सय ५० जनासम्मको लागि हो ।

cura insider

कारागारको प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले कारागार व्यवस्थापन विभागअन्तर्गत पठाएको ६४ लाख बजेट संशोधन गरेर कैदीबन्दी बस्ने भवन निर्माणमा खर्च गर्न लागिएको प्रजिअ तिम्सिनाले बताए । चालू आर्थिक वर्षसम्ममा भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौंँले गत साता ठेक्का सम्झौता गरेको कारागार प्रमुख राजेन्द्र गौतमले बताए । रासस

jackson ribon