birat ribon

स्वस्थ पुरुष नपुंसक हुने केही कारण

Neuro
स्वस्थ पुरुष नपुंसक हुने केही कारण

विराटनगर / समाजमा एक दम्पति निसन्तान हुनुको पछाडि महिलालाई मात्र दोष दिने गरिन्छ ।

विवाह गरेको लामो समय बितिसक्दा, पतिपत्नी नियमित सम्पर्कमा हुँदासमेत बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयास गर्दागर्दै पनि असफल भएमा ती दम्पतिलाई निःसन्तान दम्पति भनिन्छ । कुनै पनि दम्पतिमा बच्चा नभएमा पुरुष र महिला दुबै बराबर जिम्मेवार हुने गरेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका युरोलोजिस्ट डा. दीपककुमार ठाकुर बताउँछन् ।

cura insider

पुरुष नपुंसक भएका कारण पनि एक दम्पति निःसन्तान हुन सक्छन् । पुरुषमा प्रायः लिङ्गको उत्तेजना नहुने, बिर्य उत्पादन नहुने, बिर्य उत्पादन भए पनि नपुग्ने, अण्डकोष सुकेर जाने वा अन्य समस्या, दिमागमा हुने केही समस्याका कारण बिर्य उत्पादनमा समस्या हुनसक्छ जसकारण पुरुष नपुंसक हुन सक्छन् । पुरुषमा प्रायजसो बच्चामा गल्फुलोको समस्या भएकामा अण्डकोष सुक्ने हुनसक्छ ।

बिर्य बन्ने ठाउँ अण्डकोष नै नहुँदा, जन्मँदै अण्डकोषको राम्ररी विकास नभएमा, अण्डकोषमा चोटपटक लागेमा वा अण्डकोषमा समस्या हुँदा पछि गएर समस्या हुनसक्छ । साथै, अत्यधिक धुम्रपान, मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन, कुनै औषधिको लामो समयको प्रयोगका कारण, अत्यधिक तापक्रममा काम गर्दा, टाइट लुगा लगाउनाले पनि पुरुषमा नपुंसकताको समस्या आउन सक्छ ।

केही स्पष्ट शारीरिक कारणका साथै मानसिक कारणले गर्दा पनि पुरुषमा नपुंसकता हुनेगर्छ । तनाव तथा अन्य मानसिक कारणले पनि यौन समस्या बढ्दो छ । नपुंसक नभएका स्वस्थ पुरुषमाथि उल्लेखित कारणले पछि गएर उनीहरूमा बाँझोपनको समस्या निम्तिन सक्छ । साथै, सुरुमा बाँझोपनको समस्या भएका पुरुष पछि गएर स्वस्थ पनि हुन सक्छन् ।

पुरुषमा हुने नपुंसकता के कारणले भएको पत्ता लगाई सम्बन्धित चिकित्सकसँग परामर्श लिई समयमा उपचार गर्नाले नपुंसकताको समस्या समाधान हुनसक्छ । पुरुषले आफ्नो स्वास्थ्यमा ध्यान दिएर समस्याको रोकथाम पनि गर्न सक्छन् । स्वास्थ्य जीवनशैली अपनाई, खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, चुरोट, रक्सी तथा लागुपदार्थको सेवन नगर्दा केही हदसम्म समस्याको रोकथाम गर्न सकिन्छ ।

jackson ribon