birat ribon

शिवरात्रिमा युटुबमा शिव ताण्डव हेर्नेको सङ्ख्या बढ्ने

Neuro
शिवरात्रिमा युटुबमा शिव ताण्डव हेर्नेको सङ्ख्या बढ्ने

विराटनगर / आज महाशिवरात्रि । अन्य दिनहरूमा भन्दा पनि शिवरात्रिका समयमा शिव ताण्डव सुन्ने र युटुबमा ताण्डव नृत्य हेर्नेहरूको सङ्ख्या बढ्ने गर्छ ।

लय, शब्द र शैली फरक भए पनि डमरुको डमडम आवाज र ऊर्जायुक्त थरीथरीका ताण्डव नृत्य युटुबमा टन्नै भेटिन्छन् । युटुबमा ताण्डव नृत्य करोडौँ पटक हेरिएको छ । आधुनिक पुस्तामा समेत निकै लोकप्रिय रहेको शिव ताण्डव स्तोत्रमको रचना त्रेतायुगमा राक्षसराज रावणले गरेको मानिन्छ । संस्कृतमा ताण्डव शब्दको अर्थ उग्र, स्वच्छन्द वा नियन्त्रणरहित भन्ने हुन्छ ।

cura insider

ताण्डव अरूभन्दा फरक छ र ताण्डव गर्न विशेष ऊर्जा चाहिन्छ । शिवजीको यो नृत्यमा सारा तारागण, ग्रहमण्डल, पृथ्वी र व्योममण्डलकै कम्पन हुने कुराको उल्लेख शिव पुराणमा पाइन्छ । भगवान शिवसँग जोडिएको ताण्डव धर्मशास्त्रका अनुसार यो भगवान शिवले गर्ने नृत्य हो । शिव ताण्डवलाई ब्रह्माण्डको सृष्टि मानिएको धर्मशास्त्रका जानकार तथा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेल बताउँछन् ।

उनका अनुसार प्रोटोन, न्युटन जस्ता भौतिक पदार्थहरूको क्रिया–प्रतिक्रिया नै ताण्डव हो । पाणिनीले शिवको तपस्या गर्दागर्दा पाणिनीलाई शिव ताण्डवमार्फत व्याकरणको सिद्धि प्राप्त भएको थियो । भगवान शिवले हरेक कुरा सृष्टि गर्दा ताण्डव गर्छन् । साथै, भगवान शिवलाई खुसी राख्न चाहनेले पनि ताण्डव गर्ने गरेको देखिन्छ ।

हाल आधुनिक समयमा ताण्डवलाई शास्त्रीय नृत्यका रूपमा सिकाउने गरिएको पाइन्छ । शास्त्रीय नृत्यका जानकार सुरेश मिश्र वीर ताण्डव, रौद्र ताण्डव, शृङ्गार ताण्डव, राक्षसले गर्ने ताण्डव, क्रोध ताण्डव, संहार ताण्डव र उमा ताण्डव गरी विभिन्न प्रकारको ताण्डव हुने बताउँछन् । ताण्डव गर्दा आफ्नो सिर्जनात्मक अभिव्यक्तिमार्फत आफ्नो भावनाले कुरा बुझाउन सक्नुपर्ने उनको भनाइ छ ।

jackson ribon