birat ribon

‘कथाभित्रका कथाहरू’ सिरिजका रूपमा आउने

Neuro
‘कथाभित्रका कथाहरू’ सिरिजका रूपमा आउने

विराटनगर / देव डी प्रोडक्सनको प्रस्तुति रहेको वृत्तचित्र (डकुमेन्ट्री) ‘कथाभित्रका कथाहरू’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । यो एक वेब सिरिज हो, जहाँ विभिन्न जाति र समुदायको वास्तविक जीवनशैलीलाई प्रस्तुत गरिन्छ । ‘कथाभित्रका कथाहरू’लाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् ।

हरेक महिना दुई एपिसोड रिलिज गर्ने तयारी रहेको निर्देशक केसी बताउँछन् । ‘यो वेब सिरिजले एक साधारण व्यक्तिको जीवनी देखाउनेछ । फरक जाति र फरक समुदायको छुट्टाछुट्टै व्यथा–कथा हुन्छन्,’ निर्देशक केसीले भने, ‘हामी यस वृत्तचित्रमा उहाँहरूका कथाभित्रका कथा प्रस्तुत गर्नेछौँ ।’

cura insider

‘कथाभित्रका कथाहरू’मा बालाराम कार्की र निर्देशक केसीले लगानी गरेका छन् । सार्वजनिक भएको उक्त पोस्टरमा एक जना वृद्धालाई चित्रण गरिएको छ । उनी चेपाङ समुदायकी हुन् ।पोस्टरमा ती वृद्धाले हातमा निभ्न लागेको चुरोट लिएकी छन् भने उनको अनुहार निन्याउरो देखिन्छ ।

निर्देशक केसीका अनुसार ‘कथाभित्रका कथाहरू’को पहिलो शृङ्खला चेपाङ समुदायको विषयमा हुनेछ । यसको ट्रेलर केही दिनपछि सार्वजनिक गरिने उनले बताए ।

jackson ribon