birat ribon

पशुपतिनाथमा सहज रुपमा पूजाआजाको व्यवस्था

Neuro
पशुपतिनाथमा सहज रुपमा पूजाआजाको व्यवस्था

काठमाडौँ / महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

cura insider

११ वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । एकीकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रबन्ध मिलाइएको, स्वयंसेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए ।

जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थी तथा भक्तजनहरुले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को सङ्क्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

jackson ribon