birat ribon

व्यक्ति हत्या आरोपी एमाले नेतालाई विराटनगर ल्याइयो

Neuro
व्यक्ति हत्या आरोपी एमाले नेतालाई विराटनगर ल्याइयो

विराटनगर / शङ्कास्पद मृत्यु घटनाको अनुसन्धानका लागि पक्राउ परेका एमाले मोरङका नेतालाई विराटनगर ल्याइएको छ । हत्या आरोपमा अनुसन्धानका लागि एमाले ओली समूहका नेता युवराज बास्कोटालाई विराटनगर स्थित जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा राखिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको बास्कोटालाई प्रहरीले बुधबार हत्या आरोपमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । पथरीमा थ्रेट हुनसक्ने भएकाले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको हो ।

cura insider

बास्कोटालाई बुधबारबाटै विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको शङ्कास्पद मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले बास्कोटालाई पक्राउ गरेको थियो ।

पथरीशनिश्चरे–२ का बास्कोटाको घरमा बसेका भण्डारीको गत पुस १४ गते शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । आफन्तले घरधनी बास्कोटाविरुद्ध हत्या आरोपमा २६ पुसमा किटानी जाहेरी दिएका थिए ।

आफन्तको जाहेरीपछि हत्या आरोपको अनुसन्धानका लागि बास्कोटालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

jackson ribon