birat ribon

हरेक समय शरीर थकित भइरहने कारण यस्ता

Neuro
हरेक समय शरीर थकित भइरहने कारण यस्ता

विराटनगर / नियमित रूपमा थकित महसुस गर्नु एकदम सामान्य भइसकेको छ ।

एक तिहाइ स्वस्थ किशोर, वयस्क र बुढा व्यक्ति हरेक समय निद्रा लागिरहेको वा थकित महसुस गर्छन् । थकान शरीरमा भएको धेरै समस्या वा गम्भीर रोगहरूको साधारण लक्षण हो । तर, प्रायःजसो सामान्य जीवनशैलीका कारणले गर्दा पनि थकान हुन्छ । हरेक समय शरीर थकित भइरहेको वा निद्रा लागिरहनुका दस कारण यस्ता छन् :

cura insider

– अत्यधिक मात्रामा परिस्कृत कार्बोहाइड्रेटको सेवनले शरीरको ब्लडसुगरलाई अनियन्त्रित गराएर थकित महसुस गराउँछ ।

– निस्क्रिय जीवनशैली जिउने मानिस वा शारीरिक गतिविधि नगर्ने मानिसलाई थकानको समस्या हुने गर्छ ।

– पर्याप्त र राम्रो निद्रा नपुगेका कारण पनि मानिसलाई थकान महसुस हुन सक्छ ।

– दिउँसो वा गलत समयमा सुत्नाले पनि थकान हुनसक्छ ।

– दुग्धपदार्थ, सोय, मकैलगायत केही खानाले पनि थकान महसुस गराउन सक्छ ।

– शरीरलाई दैनिक कार्यहरू गर्नका लागि क्यालरीको न्यूनतम सङ्ख्या आवश्यक पर्छ । तर, शरीरलाई चाहिने मात्रामा क्यालरीको सेवन नगरेमा पनि थकित महसुस हुन्छ ।

– त्यस्तै ठिक्क मात्रामा प्रोटिनको सेवन नगरेमा पनि थकान हुनसक्छ ।

– शरीरमा अलिकति मात्रामा पानीको कमिले गर्दा पनि थकान महसुस हुने गर्छ ।

– कफी, सुगर, एमिनो एसिड्स, जडिबुटीलगायत शरीरलाई उर्जा दिने पेयले पनि थकान महसुस गराउन सक्छ ।

– अत्यधिक तनाबका कारणले गर्दा पनि मानिस हरेक समय थकित महसुस गरिरहन सक्छ ।

यी माथिका कुरालाई ध्यानमा राख्दै कार्वको सेवन कम गरी प्टरोटिन र क्यालरीको सेवनमा ध्यान दिएर, समयमा सुतेर, प्रशस्त मात्रामा पानी पिउँदा, तनाब घटाएर नियमित शारीरिक गतिविधि गरेमा हरेक समय लाग्ने निद्रा र थकान महसुस हुने समस्याबाट जोगिन सकिन्छ ।

jackson ribon