birat ribon

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

Neuro
सवारी दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । सवारी दुर्घटनामा परी झापा र सुनसरीमा एक–एक जनाको मृत्यु भएको छ ।
बुधबार झापाको दमकमा टयाक्टर र सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

झापा, दमक नगरपालिका– १ श्रेष्ठ चौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह–चालक ईलामका २१ वर्षीय बसन्त राईको मृत्यु भएको हो ।

cura insider

बुधवार दिउँसो साढे १ बजे ट्याक्टरबाट लडेका उनलाई उपचारका लागि लाईफ लाईन अस्पताल दमकमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक झापा दमक– ३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा लिएको छ ।

सुनसरी ईनरुवा नगरपालिका– ८ डुम्राहामा ६० वर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ – ४ स्थित पूर्व–पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० वर्षीय शिवनारायण मण्डल घाइते भएका छन् । उनको गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको छ ।

jackson ribon