birat ribon

सट मुभी ‘टिकटक स्टार’ रिलिज

Neuro
सट मुभी ‘टिकटक स्टार’ रिलिज

काठमाडौँ / कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको कथा रहेको छ । सट मुभी रिमा स्टुडियो बबरमलमा बुधबार एक कार्यक्रम आयोजना गरी रिलिज गरिएको हो ।

छायाङ्कन, सम्पादक र मिराज अर्यालको रहेको छ भने गायिका टीका पुन, गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथि कलाकार रहेका छन । १७ मिनेटको सट मुभी ‘टिकट स्टार’मा टिकटकबाट भाइरल भएका र सङ्घर्षबाट भाइरल भएकाहरूबीचको फरक देखाउन खोजिएको छ ।

cura insider

पछिल्लो समयमा टिकटबाट भाइरल हुनेको सङ्ख्या धेरै छ । एउटा कलाकार बन्न वर्षौंको मिहिनेत, सङ्र्घष, धैर्य चाहिन्छ भन्ने विषयलाई लिएर बनाइएको यस सट मुभी हो । सट मुभी बुधबार युट्युबमा राखिएको निर्देशक योगेन्द्रले बताए । मुभीमा कलाकारहरू मनोज खड्का, अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोही चौलागाईंले अभिनय गरेका छन् ।

jackson ribon