birat ribon

१६ वर्षयता पहिलोपटक मेस्सी र रोनाल्डो क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरिए

Neuro
१६ वर्षयता पहिलोपटक मेस्सी र रोनाल्डो क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरिए

विराटनगर / युरोपियन च्याम्पियन्स लिगकै इतिहासमा १६ वर्षयता पहिलोपटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरिएका छन् ।

बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग समग्रमा ५–२ ले हार्दै बार्सिलोना बाहिरिएको हो । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दा पनि बार्सिलोना बाहिरियो ।

cura insider

पिएसजीले पहिलो लेगको खेलमा बार्सिलोनालाई उसैको मैदान क्याप नोउमा ४–१ गोलको जित निकालेको थियो । र, आफ्नो मैदानमा दबाबरहित खेलेको पिएसजी बार्सिलोनासँग बराबरीमा रोकिए पनि समग्रमा फराकिलो नतिजासहित अघिल्लो चरणमा स्थान बनाएको हो ।

त्यसअघि मङ्गलबार इटालियन च्याम्पियन क्लब युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । अन्तिम १६ को दोस्रो लेगमा पोर्टोमाथि ३–२ गोलको जित निकाले पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

यसअघि पहिलो लेगमा २–१ गोलले पराजित युभेन्टसले गए राति आफ्नै मैदानमा ३–२ गोलको जित निकाल्दा समग्रमा ४–४ को नतिजा बनाएको थियो । तर, अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

रोनाल्डो र मेस्सी दुवै बाहिरिएपछि १६ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल राउन्डमा उनीहरूलाई देख्न पाइने छैन । यसअघि सन् २००४–०५ को सिजन रोनाल्डो म्यानचेस्टर युनाइटेडमा छँदा र मेस्सीले बार्सिलोनाबाट खेलिरहँदा पनि क्वार्टरफाइनलमा दुवैलाई देख्न पाइएको थिएन ।

अन्तिम १६ को दुवै लेगमा युनाइटेड एसी मिलानसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । यस्तै बार्सिलोना चेल्सीसँग समग्रमा ५-४ ले हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । तर सो सिजनयता मेस्सी र रोनाल्डोमध्ये कम्तिमा एकजनाले अन्तिम १६ माथिका खेल खेल्दै आएका थिए ।

jackson ribon