birat ribon

लेइपिजमाथि जित निकाल्दै लिभरपुल क्वार्टरफाइनलमा

Neuro
लेइपिजमाथि जित निकाल्दै लिभरपुल क्वार्टरफाइनलमा

विराटनगर / इङ्ग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा तय गरेको छ । बुधबार राति जर्मन क्लब आरबी लेइपिजविरुद्ध अन्तिम १६ को दोस्रो लेगको खेलमा २–० गोलको र समग्रमा ४–० को जितसहित लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

Image

यसअघि पहिलो लेगको खेलमा लिभरपुलले आरबी लेइपिजमाथि २–० गोलको जित दर्ता गरेको थियो । गए राति हङ्गेरीस्थित पुस्कास एरिनामा लिभरपुललाई जिताउन मोहम्मद सालाह र साडियो मानेले समान एक–एक गोल गरे ।

cura insider
Image

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७०औँ मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । त्यसको चार मिनेट बित्न नपाउँदै मानेले गोल गर्दै लिभरपुललाई २–० गोलले जिताए ।

Image

jackson ribon