birat ribon

राष्ट्र बैङ्कका डेपुटी गभर्नर मिश्र र ढुङ्गानाले लिए सपथ

Neuro
राष्ट्र बैङ्कका डेपुटी गभर्नर मिश्र र ढुङ्गानाले लिए सपथ

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका नवनियुक्त डेपुटी गभर्नर बमबहादुर मिश्र र निलम ढुङ्गानाले सपथ ग्रहण गरेका छन् । बुधबार गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्क, बालुवाटारमा आयोजित एक समारोहमा उनीहरूलाई सपथग्रहण गराएका हुन् ।

मङ्गलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैङ्कको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

cura insider


यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैङ्कका गभर्नर अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो ।

jackson ribon