birat ribon

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख बढीको आवेदन

Neuro
ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख बढीको आवेदन

काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा परेको आवेदनले आवेदनको नेपाली धितोपत्रको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाखभन्दा बढीले आवेदन दिएका छन् । जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो ।

क्यापिटलको अनुसारबुधवार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख चार हजार छ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार सात सय १० कित्ता आइपिओ किन्नका लागि आवेदन परेको छ ।

cura insider

यो सर्वसाधारणलाई निष्कासनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो । कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब २० करोड र चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

jackson ribon