birat ribon

बजाजको नयाँ सोरुम अब अछाममा

Neuro
बजाजको नयाँ सोरुम अब अछाममा

काठमाडौँ / नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ सोरुमको मङ्लबार उद्घाटन गरेको छ ।अछामका लागि सुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्सलाई आफ्नो डिलरसिप प्रदान गरेको कम्पनीले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि सोरुम सचालनमा ल्याएको छ ।

cura insider

बजाज ग्राहकहरूले खरिद गरेका सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ सोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ ।

नयाँ सोरुम शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले ग्राहकहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन् ।

jackson ribon