birat ribon

बिर्तामोडमा बन्यो प्रदेश १ कै ठूलो शिव प्रतिमा

Neuro
बिर्तामोडमा बन्यो प्रदेश १ कै ठूलो शिव प्रतिमा

झापा / महाशिवरात्रिको अवसर पारेर बिर्तामोड–१ स्थित पञ्चकन्यामा २७ फिट अग्लो शिव प्रतिमा निर्माण गरिएको छ । ३८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिमा प्रदेश १ कै सबैभन्दा ठूलो र आकर्षक भएको बताइएको छ । प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिनेछ ।

स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको जानकारी गराइएको छ । नौ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दहालले दाबी गरे ।

cura insider

प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ । रासस

jackson ribon