birat ribon

बारामा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा

Neuro
बारामा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा

बारा / बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए । मुटु, मिर्गाैलालगायतका दीर्घरोगीलाई उपचार खर्चका लागि वार्षिक २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

cura insider

नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारका लागि वार्षिक ८० लाख उपलब्ध गराउँदै आएकोमा आउँदो आर्थिक वर्षदेखि सो रकम बढाएर एक करोड ५० लाख बजेट छुट्याउने, कृषि क्षेत्रमा एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासका लागि शक्तिपिठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यीकरणका लागि एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताए ।

जम्मा ११ वडा रहेको सो पालिकामा ६५ हजार जनसङ्ख्या छ । नगरपालिकाभित्र वातावरण संरक्षणका लागि चार हजार बोटबिरुवा रोपिने, शौचालयको सरसफाइका लागि न्यूनतम मूल्यमा सफाइ मेसिन उपलब्ध गराउने निर्णय भएको छ । रासस

jackson ribon