काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसइई) जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसइई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार कक्षा १२ को परीक्षा २६ जेठदेखि सुरु हुनेछ ।