birat ribon

च्याम्पियन्स लिग : डर्टमन्ड र सेभिल्ला भिड्दै

Neuro
च्याम्पियन्स लिग : डर्टमन्ड र सेभिल्ला भिड्दै

विराटनगर । युरोपियन च्याम्पियन्स लिग अन्तरगत अन्तिम १६ को दोस्रो लेगमा आज डर्टमन्ड र सेभिल्ला भिड्दै छन् ।

cura insider

जर्मनी क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब सेभिल्ला अन्तिम ८ मा प्रवेशका लागि भिड्न लागेका हुन् ।

घेलु मैदानमा भएको पहिलो लेगमा ३–२ ले पछि परेको सेभिल्लाका लागि आज जित्नै पर्ने दबाब छ । घरेलु मैदानमा डर्टमन्डलाई केही सहज हुनेछ ।

डर्टमन्ड १–० ले पराजित भएको अवस्थामा पनि अन्तिम आठमा प्रवेश गर्न सक्छ । सेभिल्लालाई अन्तिम ८मा स्थान सुरक्षित गर्नका लागि आजको खेलमा ०–२ अन्तरको जित आवश्यक छ ।

दुई टोलीबीचको खेल आज राति १ः४५ बजे सुरु हुनेछ । सोही समयमा युभेन्टस र पोर्टाेबीचको पनि खेल हुनेछ ।

jackson ribon