birat ribon

अढाई करोड जनताको पहुँचमा इन्टरनेट

Neuro
अढाई करोड जनताको पहुँचमा इन्टरनेट

काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगेका छन् ।

cura insider

प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कअनुसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कुल दुई करोड ४३ लाख ४७ हजार एक सय ५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।

कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार पाँच सय ३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ । एक करोड १२ लाखभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार एक सय तीन र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार पाँच सय ७३ रहेका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार एक सय ३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार दुई सय ५६ र स्मार्ट टेलिकमका दुई लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्यान्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका आठ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् । रासस

jackson ribon