birat ribon

विराटनगरको होटल नमस्कार सञ्चालनमा आउने

Neuro
विराटनगरको होटल नमस्कार सञ्चालनमा आउने

विराटनगर । विराटनगरको पुरानो ‘होटल नमस्कार’ पून सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण बन्द भएको नमस्कार नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आउने भएको हो ।

cura insider

होटलको नाम होटल नमस्कारबाट परिवर्तन गरी नमस्कार रिजेन्सी मार्फत सञ्चालनमा आउन लागेको हो । विराटनगरको होटल मुनका सञ्चालक विजय प्रसाईंले नमस्कार रिजेन्सी सञ्चालन गर्न लागेका हुन् ।

राजकुमार श्रेष्ठले २०३७ सालमा स्थापना गरेको होटल नमस्कार कोरोना महामारीका कारण बन्द भएको थियो ।

नयाँ व्यवस्थापनले आगामी नयाँ वर्षबाट सञ्चालनमा ल्याउनेगरी जिर्णाेद्धार गरिरहेको छ ।

jackson ribon