birat ribon

सदीक्षालाई भेट्न उर्लाबारी पुगे रविन्द्र मिश्र र मिलन पाण्डे

Neuro
सदीक्षालाई भेट्न उर्लाबारी पुगे रविन्द्र मिश्र र मिलन पाण्डे

विराटनगर / आफ्ना दाइ प्रवीण बास्तोलाको हत्यामा सङ्लग्नलाई कारवाहीको माग गर्दै आवाज उठाउने उर्लाबारी नगरपालिका–५ की सदीक्षा बास्तोलालाई विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र र मिलन पाण्डेले भेटेका छन् । मङ्गलबार बिहान बास्तोलाको घरमै पुगेका मिश्र र पाण्डेले भेटेका हुन् ।

प्रदेश १ को यात्रामा रहेको बेला मङ्गलबार बिहान बास्तोलाको घरमै पुगेर भेटेको मिश्रले जानकारी दिएका छन् ।

cura insider

गत पुस ५ गते शङ्कास्पद अवस्थामा मृत्यु भएका प्रवीणको हत्या भएको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए । तर प्रहरीले अनुसन्धान नगरेको भन्दै सदीक्षाले सामाजिक सञ्जालमा लाइभ गर्दा भाइरल बनेकी थिइन् ।

स्थानीयको आन्दोलनपछि प्रहरीले झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी–६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

jackson ribon