birat ribon

धुम्बाराहीको पार्टी कार्यालयलाई एमाले मुख्यालय बनाइँदै

Neuro
धुम्बाराहीको पार्टी कार्यालयलाई एमाले मुख्यालय बनाइँदै

विराटनगर / काठमाडौंको धुम्बाराहीस्थित सत्तारुढ नेकपाको पार्टी कार्यालयलाई आज (मङ्गलबार)बाट एमाले मुख्यालय बनाइँदै छ ।

cura insider

त्यहाँ रहेको सत्तारुढ नेकपाको बोर्ड हटाएर एमाले पार्टीको नामसहितको साइनबोर्ड राख्न लागिएको हो । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले आफ्नो हिसाबमा अगाडि बढ्ने निर्णय लिएको हो । एमालेमाथि आफै अगाडि बढ्नुको विकल्प पनि छैन ।

देशभरका पार्टी कार्यालयहरुमा सोमबारबाटै तत्कालीन एमालेले ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राखेर पूर्ववत् रुपमा आफ्ना गतिविधी सुरु गरिएको सन्देश दिएको थियो । सोहीक्रममा धुम्बाराहीमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न लागिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि धुम्बाराही र पेरिसडाँडाका कार्यालयहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि विभाजित बनेको नेकपाका दुई समूहमध्ये धुम्बाराहीको कार्यालय ओली पक्षले र पेरिसडाँडाको कार्यालय प्रचण्ड तथा नेपाल पक्षले प्रयोग गर्दै आएका थिए ।

jackson ribon