birat ribon

स्थगित गरियो एमाले सचिवालय बैठक

Neuro
स्थगित गरियो एमाले सचिवालय बैठक

विराटनगर / तयारी नपुगेको भन्दै मङ्गलबार बिहानका लागि बोलाइएको नेकपा एमालेको बैठक अचानक स्थगित गरिएको छ ।

cura insider

महासचिव ईश्वर पोखरेलको सचिवालयले बैठक स्थगित भएको जानकारी दिएको हो । पोखरेलले बिहान ९ बजेका लागि बैठक बोलाएका थिए । तर सोमबार तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएका एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल एमालेमै फर्किने भएपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।

सर्वोच्चको फैसलापछि नेपाल र खनाल समूहले सोमबार एमालेमै फर्किने निर्णय गरेका थिए । दाहालले पनि माओवादी केन्द्रलाई ब्युँताउने भएका छन् ।

jackson ribon