birat ribon

प्रदेश १ र बागमतीका मुख्यमन्त्री झन् बलियो

Neuro
प्रदेश १ र बागमतीका मुख्यमन्त्री झन् बलियो

विराटनगर / सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ ।

cura insider

जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक रुपमा सुरक्षित मानिएका चार मुख्यमन्त्री जोखिममा परेका छन् ।

अविश्वासको प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमतीका मुख्यमन्त्री नै सबैभन्दा बलियो देखिएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको दल एमालेसँग ५१ सांसद छन् । जब कि उनलाई बहुमतका लागि जम्मा ४७ सांसद आवश्यक पर्छन् ।

बागमती प्रदेशमा पनि एमालेका मुख्यमन्त्री डोरमणि पौडेल स्पष्ट बहुमतमा छन् । उनीसँग एमालेका ५८ सांसद छन् । बहुमतका लागि ५६ सांसद पर्याप्त हुन्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon