birat ribon

बौद्धिक चोरीमा त्रिविका प्राध्यापकको संलग्नता

Neuro
बौद्धिक चोरीमा त्रिविका प्राध्यापकको संलग्नता

विराटनगर / त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू नै बौद्धिक चोरीमा संलग्न रहेको पाइएको छ ।

cura insider

उनीहरुले विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशन गरेको खुलेको हो । प्रा.डा. परशुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रक्चर’ चोरी गरी भारतका जर्नलमा प्रकाशन गरेको छानबिनबाट खुलेको छ ।

प्राध्यापक बेलले आफ्नो अनुसन्धान चोरी गरी मिश्रसहितका व्यक्तिले भारतीय जर्नलमा प्रकाशित गरेको भन्दै त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारसहितलाई इमेलमार्फत उजुरी गरेका थिए । त्रिविले रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा प्रा.डा. निरञ्जन पराजुली र डा. भानुभक्त न्यौपाने सदस्य रहेको कमिटी बनाएर छानबिन गरेको थियो ।

छानबिनमा प्रा.डा. मिश्र मुख्य र अरू छ जना कोअर्थर रहेका ११ आर्टिकल जर्नलमा प्रकाशन भएको पाइएको हो । बौद्धिक चोरीमा संलग्न हुने अन्यमा जनक अधिकारी, रोहित देव, युवराज साउ, विमलकुमार कण्ठ, हरेराम मिश्र र कल्पना मिश्र रहेका छन् । मिश्र त्रिविको आङ्गिक महेन्द्र मोरङ क्याम्पसका रसायनशास्त्रका प्राध्यापक हुन् । केही समयअघि मात्रै उनी सेवानिवृत्त भएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon