birat ribon

अलग भएकालाई एमालेमै फर्कनुपर्ने बाध्यता

Neuro
अलग भएकालाई एमालेमै फर्कनुपर्ने बाध्यता

विराटनगर / सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरूले पुनः फर्किएको उद्घोष गरेका छन् ।

cura insider

सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुग्दा प्रधानमन्त्री एवं एमाले नेता केपी शर्मा ओलीबाट अलग भएकाहरुलाई अब फेरि एमालेमै फर्कनुपर्ने बाध्यता आइपरेको हो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon