birat ribon

विप्लवले सोधे, ‘क्यान्टोनमेन्टबाट अनियमितता गरिएको १९ अर्ब खै ?’

Neuro
विप्लवले सोधे, ‘क्यान्टोनमेन्टबाट अनियमितता गरिएको १९ अर्ब खै ?’

विराटनगर / भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले क्यान्टोनमेन्टबाट १९ अर्ब रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन् ।

cura insider

केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएपछि सार्वजनिक भएका उनले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब खोजिने बताए । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।

यसअघिदेखि नै क्यान्टोनमेन्टमा भएको अनियमितताको प्रशङ्ग बाहिर आएको थियो । अध्यक्ष दाहालमाथि अनियमितताको आरोप लाग्दै आएको छ । शान्तिपूर्ण राजनीतिमा फर्किएका विप्लवले पनि यो कुरा उठाएपछि अनियमितता प्रकरण थप पेचिलो बनेको छ ।

प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताए । विप्लवले सरकार गठन भएको एक वर्षपछि प्रचण्डले आफ्नै पार्टीभित्र सत्तालोलुपताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग संघर्ष गरेको बताए । उनले भने, ‘के त्यो संघर्ष किसान, मजदुर र श्रमिक वर्गको हकहितका लागि थियो र ?’

विप्लवले प्रचण्डले क्रान्तिलाई धोका दिएको बताए । उनले भने, ‘जुन उद्देश्यले जनयुद्ध थालियो तर प्रचण्ड र बाबुरामले जनताको सपनालाई लत्याए ।’ विप्लवले सरकारसँग जनमत संग्रहको मागसमेत गरे । उनले भने, ‘संसदीय व्यवस्था फेल साबित भयो । अब पुँजीवादी व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी ठीक भनेर व्यवस्थाका लागि जनमत संग्रह गरौं,’ उनले अन्यायविरुद्ध लड्ने क्रममा कसैसँग नझुक्ने बताए । राजधानी दैनिकमा समाचार छ

jackson ribon