birat ribon

मोरङको पथरीमा नेता बास्कोटामाथि कुटपिट र जुत्ता प्रहार

Neuro
मोरङको पथरीमा नेता बास्कोटामाथि कुटपिट र जुत्ता प्रहार

विराटनगर / महिला दिवसकाे अवसरमा मोरङको पथरीमा आयोजित कार्यक्रममा एमाले नेता युवराज बास्कोटामाथि महिलाहरुले कुटपिट गरेका छन् ।

cura insider

महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि भएका बास्कोटालाई महिलाहरुले कुटपिट गर्दै जुत्ता प्रहार गरे ।

बास्काेटाकाे घरमा गत पुस १४ गते मृत अवस्थामा भेटिएका पथरीशनिश्चरे वडा नम्बर १० का १९ वर्षीय सञ्जीव भण्डारीकी आमा राधिका भण्डारीले आफ्ना गुनासाहरू राख्ने क्रम देखिनै असामान्य बनेको कार्यक्रम स्थलमा बास्कोटा प्रवेश गर्नासाथ झनै तनावग्रस्त बनेको थियो ।

कार्यक्रमस्थल प्रवेश गर्नासाथ हत्यारा भन्दै मृतक भण्डारीकी आमा राधिकासहित उपस्थित महिलाहरूले नेता बास्कोटामाथि जुत्ता प्रहार गरे । कुटपिट भएपछि प्रहरीले कार्यक्रम स्थलबाट बास्कोटालाई निकालेका थियाे ।

jackson ribon