birat ribon

ब्राजिलमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या धेरै

Neuro
ब्राजिलमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या धेरै

विराटनगर / अन्य मुलुकमा भन्दा ब्राजिलमा कोरोना भाइरसका कारण दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ ।

cura insider

केही दिनयता दैनिक ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या विश्वका अन्य मुलुकमा भन्दा बढी रहेको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका हो । भारत दोस्रो र ब्राजिल तेस्रो नम्बरमा छन् ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा दैनिक थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितको दर भने अन्य मुलुकको तुलनामा केहीयता उच्च छ । ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र आठ सय ९८ जना कोरोना सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार तीन सय ९८ पुगेको छ ।

एकै दिन ३२ हजार तीन सय २१ नयाँ बिरामी थपिएपछि जम्मा सङ्क्रमित सङ्ख्या एक करोड १० लाख ५१ हजार छ सय ६५ पुगेको छ । ९७ लाख ५७ हजार एक सय ७८ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । १० लाख २८ हजार ८९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा छ सय ९४ कोरोना सङ्क्रमितको मृत्यु भयो । हालसम्म अमेरिकामा पाँच लाख ३८ हजार पाँच सय ३५ सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । एकै दिन ४० हजार तीन सय ५३ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या दुई करोड ९७ लाख ३९ हजार आठ सय ८९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड चार लाख ३९ हजार ४५ सङ्क्रमित उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । ८७ लाख ६२ हजार तीन सय नौ जना उपचाररत रहेकोमा १३ हजार ४४ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा एकै दिन ७६ जना सङ्क्रमितको ज्यान गएपछि हालसम्म मृत्यु हुने सङ्ख्या एक लाख ५७ हजार नौ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार तीन सय ५३ नयाँ बिरामी थपिएपछि हालसम्म एक करोड १२ लाख ४४ हजार छ सय २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये एक करोड आठ लाख ९७ हजार चार सय ८६ जना उपचारपछि निको भएका छन् । एक लाख ८९ हजार एक सय ७२ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।

विश्वमा २४ घण्टाभित्र पाँच लाख नौ सय ४० सङ्क्रमितको ज्यान गयो । अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ लाख ११ हजार दुई सय ३२ पुगेको छ । एकै दिन दुई लाख ७५ हजार आठ सय पाँच जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ११ करोड ७७ लाख २७ हजार सात सय ६२ पुगेको छ ।

नौ करोड ३३ लाख ७० हजार ४० सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । दुई करोड १७ लाख ४६ हजार चार सय ९० जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ८९ हजार आठ सय ५८ जनाको अवस्था नाजुक छ ।

jackson ribon