birat ribon

प्रचण्ड–माधव समूहको निष्कर्ष : सर्वोच्चको फैसला राजनैतिक आग्रहले प्रेरित

Neuro
प्रचण्ड–माधव समूहको निष्कर्ष : सर्वोच्चको फैसला राजनैतिक आग्रहले प्रेरित

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनैतिक आग्रहले प्ररित भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको सन्दर्भमा गरेको फैसलामा असहमति राखेको हो ।

cura insider

पार्टीले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने पनि निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरेको बताए ।

उनले भने, ‘फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भनेअनुसार तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपि हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जादैँछौ । राजनीति ढङ्गले त हामीले यसको असहमति र प्रतिवाद गरेकै छौँ ।’

jackson ribon