birat ribon

मन्त्री अर्याल भन्छिन्–एसिड छ्याप्नेलाई कारवाही गर्न सरकारले कडा कानुन ल्यायो

Neuro
मन्त्री अर्याल भन्छिन्–एसिड छ्याप्नेलाई कारवाही गर्न सरकारले कडा कानुन ल्यायो

काठमाडौँ / कृृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड छ्याप्नेलाई कारवाही गर्न सरकारले कडा कानुन ल्याएको बताएकी छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले एसिड आक्रमण गरी बालिका तथा महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानुन निर्माण गरेको बताएकी हुन् ।

cura insider

मन्त्री अर्यालले विश्वका महिला धेरै अगाडि बढिरहँदा अहिले पनि नेपालका महिला असुरक्षित रहेको भन्दै विभिन्न निहुँमा किशोरीमाथि एसिड प्रहार गर्ने र उनीहरूको जीवन कुरूप बनाइदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानूनको व्यवस्था गरेको बताइन् ।

उनले भनिन्, ‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाको जीवन बर्बाद पार्ने, जीवनभर कुरूप बनाइदिने घटना बढ्दै गए । हामीसँग एसिडसम्बन्धी कानून रहेनछ । त्यसकारण सरकारले क्षतिअनुसार कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारवाही गर्न कडा कानूनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानून निर्माण भएको छ ।’

jackson ribon