birat ribon

व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक : प्रधानमन्त्री ओली

Neuro
व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रहेको बताएका छन् । सोमबार मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

cura insider

मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताए । कृषि प्रधान देशमा कृषि भएपनि कृषिमा आधारित उद्योग नभएको भन्दै उनले उद्योग स्थापना गरी आवश्यक सामाग्रीहरू बनाइ बाहिर बेच्नुपर्ने बताए ।

अन्यत्र मुलुकमा बनेका सामान खरिद गर्नुभन्दा मुलुकमै उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले राष्ट्र निर्माणको लागि गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने पनि बताए । प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ ।

jackson ribon