birat ribon

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

Neuro
विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर / दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई पक्राउ गरेको हो ।

cura insider

प्रहरीले उनीहरूलाई विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिएको हो । दुवै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

राम्रो कमाइको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

तामाङ थरका दुवै जना महिलाले भारतमा लगेर धेरै पैसा कमाइ हुने राम्रो काममा लगाइदिने भन्दै आफूहरूलाई काठमाडौँदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् ।

महिला काठमाडौँबाट बस चढेर फागुन २० गते दिउँसो ३ बजेतिर विराटनगर बसपार्क आइपुगेका थिए । उनीहरूलाई बसपार्क पुगेर काजीले सिटी सफारी चढाएर लग्दै होटलमा रातभर राखि भोलिपल्ट अर्थात २१ गते भारत पुर्‍याउन खोजेको पाइएको उनको भनाइ छ ।

महिलाले भने काठमाडौँबाट बसमा चढाइदिने र विराटनगर बसपार्कमा लिन आउने कसैलाई पनि आफूहरूले नचिनेको बताएका छन् ।

jackson ribon