birat ribon

पत्रकार महासङ्घ मोरङको अध्यक्षमा युनियनबाट तीन जनाको दाबी

Neuro
पत्रकार महासङ्घ मोरङको अध्यक्षमा युनियनबाट तीन जनाको दाबी

विराटनगर / नेपाल पत्रकार महासङ्घको अध्यक्षमा प्रेस युनियनको तर्फबाट तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

cura insider

पत्रकार महासङ्घ मोरङका वर्तमान उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियन मोरङका पूर्व–अध्यक्ष मीनकुमार श्रेष्ठ ‘नवोदित’ र न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शङ्कर खरेलले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

अधिकारी र नवोदितले सार्वजनिक रूपमा दाबेदारी घोषणा गरेका छन् । तर खरेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा नगरे पनि आन्तरिक तयारी गरिरहेका छन् ।

मीनकुमारले ‘अग्रजलाई सम्मानः युवालाई प्रोत्साहन’को योजनासहित आफूले दाबेदारी प्रस्तुत गरेको बताए ।

वर्तमान उपाध्यक्ष अधिकारीले यसअघि नै दाबेदारी प्रस्तुत गरिसकेका छन् । उनले पत्रकारको हितको क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको बताएका छन् ।

पत्रकार महासङ्घ मोरङको निर्वाचन वैशाख पहिलो साता हुने सम्भावना छ ।

jackson ribon