विराटनगर / पर्यटकीय क्षेत्र श्रीअन्तुमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोना महामारीका कारण थलिएको श्रीअन्तुमा पछिल्लो समय पर्यटक बढ्न थालेका हुन् ।

सूर्याेदय नगरपालिकामा रहेको श्रीअन्तुमा बिदाको समयमा सूर्योदय हेर्न एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् । आन्तरिक पर्यटक बढेसँगै श्रीअन्तुमा होमस्टे र होटल व्यावसाय पनि चहलपहल बढेको छ ।










