birat ribon

नेपालकाे चिया संस्कृति (भिडियो रिपोर्ट)

Neuro
नेपालकाे चिया संस्कृति (भिडियो रिपोर्ट)

विराटनगर / चिया नेपालीहरूको प्रिय पेय पदार्थ हो । नेपालमा यसको लोकप्रियता बढिरहेको छ । यसका विभिन्न प्रकार छन् । जसरी चियाका धेरै प्रकार छन् । त्यसैगरी चिया पिउनुका पनि धेरै कारण छन् । अतिथि सत्कारका लागि त यो पेय अत्यावश्यक नै बनिसकेको छ ।

साथीभाइ जमघट भयो कि चिया । अल्छी लाग्यो कि रिफ्रेस हुनका लागि चिया । दिउँसो खाजासँग चिया । कुनै खुसीको माहोल भयो कि चिया । चियाका लागि अनेक बहाना छन् । जुनसुकै नाममा होस् चिया नखाने मानिस भेटिँदैन ।

cura insider

अधिकांश व्यक्तिलाई बिहान उठ्नेबित्तिकै ‘बेड टी’ अनिवार्य चाहिन्छ । कसैलाई दिनमा एक, दुई या तीन कप चिया भए पुग्छ । कसैका लागि यो लत नै बनेको हुन्छ । एकै बसाइमा चार÷पाँच कप चिया खानेहरू पनि भेटिन्छन् ।

कोही ‘ब्ल्याक टी’ रुचाउँछन् त कसैलाई दूधैदूधको बाक्लो चिया चाहिन्छ । कोही कडा चिया रङ चाहन्छन् भने कसैलाई चियामा राखिने चिनी मन पर्दैन । चियाका अनेक किसिमका पारखी भेटिन्छन् ।

यसरी चिया नेपालीको संस्कृति नै बनेको छ भन्दा हुन्छ । हामीले खाने गरेको चिया हाम्रो स्वास्थ्यका लागि कत्तिको अनुकूल–प्रतिकूल छ त ? यसले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? चिया चर्चासँगै हामीले यी विषमा विज्ञहरूको समेत परामर्श लिएका छौँ ।

विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालकी डाइजिसिय स्वेच्छा बस्नेत एक–दुई कप चियाले स्वास्थ्यमा खासै फरक नपर्ने तर धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुने बताउँछिन् । शरीरमा हेमोग्लोबिनको मात्रा कम भएका व्यक्तिका लागि चिया हानिकारक हुने उनको भनाइ छ । यसका बारेमा कोसीअनलाइनले तयार पारेको एक भिडियो रिपोर्ट :

jackson ribon