birat ribon

क्लासिक टेकको १०१औँ आउटलेट नेपालगञ्जमा

Neuro
क्लासिक टेकको १०१औँ आउटलेट नेपालगञ्जमा

विराटनगर /नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१औँ आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगञ्जमा स्थापना गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष र सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरूपमा नेपालगञ्ज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिलिङ, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिङ गरेर ४५ जना स्टाफ राखिएको छ ।

cura insider

नेपालगञ्जको पुष्पलाल चोकबाट तीन सय मिटर उत्तरमा सञ्चालनमा आएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगञ्जका हरेक साना गाउँहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना लिएको छ । यसअघिदेखि नै नेपालगञ्ज क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरूलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

घरायसी प्रयोजन, साना कार्यालय र कर्पोरेट कम्पनीहरूका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।
कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगञ्जका लागि पनि उपलब्ध गराएको छ । आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारीले नयाँ शाखा सञ्चालनमा आएसँगै नेपालगञ्जका ग्राहकहरूलाई छिटोछरितो सेवा उपलब्ध गराउने बताए ।

‘अरू इन्टरनेट सेवा प्रदायकहरूको भन्दा उत्कृष्ट मूल्यमा हामी तीव्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौँ,’ अधिकारीले भने । कम्पनीले धमाकेदार अफरअन्तर्गत २० एमबिपिएस स्पिडको इन्टरनेट केबल सात सय ९९ प्रतिमहिनामा उपलब्ध गराउँदै आएको छ, जसका साथमा एक सय ५० टिभी च्यानल र युट्युबसमेत हेर्न सकिने सुविधा रहेको छ ।

jackson ribon