birat ribon

नदीको पानीभित्र लगातार विष्फोट

Neuro
नदीको पानीभित्र लगातार विष्फोट

विराटनगर / भारतको भारतको उज्जैनमा रहेको पुण्यसलिला क्षिप्रा नदीको पानीभित्र लगातार विष्फोट भइरहेको छ । पानीभित्र भएको विष्फोटलाई अनौठो घटनाका रुपमा लिइएको छ ।

नदीमा लगातार विष्फोट भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नदीमा लगातार विस्फोट भएर धुवाँ र अङ्गार निस्किन थालेपछि स्थानीय प्रशासन सतर्क भएको छ। नदीमा पहिलो विष्फोट २६ फेब्रुअरीमा भएको थियो। त्यसपछि निरन्तर विष्फोट भइरहेको बताइएको छ ।

cura insider

उज्जैनका कलेक्टरले विष्फोट भइरहेपछि त्यहाँ कर्मचारी खटाइएकोसमेत बताएका छन्। नदीको पानीभित्र लगातार विष्फोट हुन थालेपछि सर्वसाधारण त्रसित भएका छन्। विष्फोटको कारण पत्ता नलागेपछि भारतीय भुगर्भ विभागले अनुसन्धान गर्ने भएको छ ।

jackson ribon