birat ribon

महिलामाथि हुने हिंसाविरुद्ध एक हौँ : प्रधानमन्त्री ओली

Neuro
महिलामाथि हुने हिंसाविरुद्ध एक हौँ : प्रधानमन्त्री ओली

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने विभिन्न खाले हिंसाविरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन् ।

महिलामाथि सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास आवश्यक रहेकोमा उनको जोड छ । महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सबैलाई एक हुन अपिल गर्दै ओलीले महिलाले पनि हक अधिकारका लागि संघर्ष गर्दै हिंसाविरुद्ध जाग्न आवश्यक रहेको उल्लेख गरे ।

cura insider

एक सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले महिला सशक्तीकरण गर्ने सरकारको अभियान रहेको स्पष्ट पारेका छन् । उनले यो अभियानमा सबै एक भएर लागेमा महिलाविरुद्ध हुने हिंसा सकिने र विभिन्न हिंसामा परेर महिलाले पीडित बन्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको उनले दाबी गरेका छन् । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

‘लैङ्गिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चित गर्दै हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियान अघि बढाइरहेका छौ,’ प्रधानमन्त्रीले भनेका छन् ‘राष्ट्रको यस साझा अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु ।’

नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको प्रधानमन्त्रीको भनाइ छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला अधिकार स्थापित गर्न संघर्षको दिनका रुपमा मार्च ८ लाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने प्रचलन छ ।

jackson ribon