birat ribon

बेल र केनको दुई–दुई गोल, टोटनह्यामको सहज जित

Neuro
बेल र केनको दुई–दुई गोल, टोटनह्यामको सहज जित

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम टहटस्परले क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको छ । आइतबार राति टोटनह्यामले आफ्नै मैदानमा क्रिस्टललाई ४–१ गोलले हराएको हो ।

cura insider

टोटनह्यामको जितमा ग्यारेथ बेल र कप्तान ह्यारी केनले समान एक–एक गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकले एक गोल फर्काए ।

Image

खेलको २५औँ मिनेटमा बेलले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा बेन्टेकले गोल गर्दै क्रिस्टललाई बराबरीमा फर्काए ।

४९औँ मिनेटमा बेलले दोस्रो गोल गर्दै टोटनह्यामलाई पुनः अग्रता दिलाए । ५२औँ मिनेटमा र ७६औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई ४–१ गोलले जिताए ।

Image

जितसँगै छैटौँ स्थानको टोटनह्यामले २७ खेलमा ४५ अङ्क जोडेको छ । क्रिस्टल भने ३४ अङ्कका साथ १३औँ स्थानमा छ । उसले २८ खेल खेलेको छ ।

jackson ribon