birat ribon

सिरी ‘ए’को उपाधि होडमा इन्टरको पछि–पछि मिलान

Neuro
सिरी ‘ए’को उपाधि होडमा इन्टरको पछि–पछि मिलान

विराटनगर / इटालियन सिरी ‘ए’मा एसी मिलानले भेरोनामाथि २–० गोलको जित दर्ता गरेको छ । आइतबार राति भेरोनाकै मैदानमा मिलानलाई जिताउन रादे क्रुनिक र डिओगो डालटले समान एक–एक गोल गरे ।

cura insider

खेलको २७औँ मिनेटमा क्रुनिकले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए । ५०औँ मिनेटमा डालटले गोल गर्दै मिलानलाई २–० गोलको जित दिलाए ।

जितसँगै मिलान उपाधि होडमा इन्टर मिलानको पछि–पछि देखिएको छ । दोस्रो स्थानमा रहेको उसले २६ खेलमा ५६ अङ्क जोडेको छ । इन्टर भने ५९ अङ्कका साथ शीर्ष स्थानमा छ । उसले २५ खेल खेलेको छ ।

भेरोना ३८ अङ्कसहित आठौँ स्थानमा छ ।

jackson ribon