birat ribon

एनआइसी एसिया बैङ्कमा ऋणीलाई जानकारी नदिई ब्याजदर परिवर्तन

Neuro
एनआइसी एसिया बैङ्कमा ऋणीलाई जानकारी नदिई ब्याजदर परिवर्तन

विराटनगर / ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ स्लोगन रहेको एनआइसी एसिया बैङ्कले ठगी गरेको सेवाग्राहीले बताएका छन् । ऋणीलाई जानकारी नदिई ब्याजदर बढाएर ठगी गरेको सेवाग्राहीले बताएका हुन् ।

cura insider

विराटनगरका प्रदीप ताम्राकारले बैङ्कबाट ९ प्रतिशतका दरले ऋण लिएका थिए । तर आफूलाई जानकारी नदिई १० दशमलव ६६ प्रतिशत बनाएको गुनासो गरे । बैङ्कले जानकारी नदिई ब्याजदर बढाएपछि ऋण चुक्ता गरेका ताम्रकारले ऋण चुक्ता गरेको पाँच दिनसम्म आफ्नो सम्पतिको लिलामी फुकुवा नगरेको बताए ।

‘जानकारी नदिई डेढ प्रतिशत ब्याज बढाएपछि बैङ्कको लोन चुक्ता गरेँ,’ उनले भने, ‘पाँच दिनभयो चुक्ता गरेको तर बैङ्कले अझै सम्पति फुकुवा गरेको छैन ।’

पाँच दिनअघि दुई करोड २२ लाख ४० हजार रुपैयाँ चुक्ता गरेपनि आफ्नो सम्पति फुकुवा नगरेको बताए । ‘पाँच दिन भयो बैङ्क धाउन थालेको कहिले के कहिले के भन्दै टारिरहेका छन्,’ उनले भने, ‘बैङ्कले बदनियत राखेर घरजग्गा फुकुवा गरेको छैन ।’

सामान्यतया बैङ्कको ऋण तिरेकै दिन धरौटीमा राखेको सम्पति फुकुवा हुन्छ । एनआइसी एसिया बैङ्कले ठगी गरेको उनले बताए । यता, एनआइसी एसिया बैङ्क विराटनगर शाखाका म्यानेजर सञ्जीव दाहालले ऋण चुक्ता गरेपनि जग्गा फुकुवा नगरेको विषयमा बुझ्न खोज्दा फोन उठाएनन् ।

jackson ribon