birat ribon

यसकारण लाजियोविरुद्ध रोनाल्डो बेन्चमा

Neuro
यसकारण लाजियोविरुद्ध रोनाल्डो बेन्चमा

विराटनगर / इटालियन फुबटल क्लब युभेन्टसका मुख्य प्रशिक्षक आन्द्रे पिर्लोले सिरी ‘ए’अन्तर्गत लाजियोसँगको खेलमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नको कारणबारे बोलेका छन् ।

cura insider

शनिबार राति भएको लाजियोविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि उनको आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि उनले रोनाल्डोलाई बेन्चमा राख्नुको कारणबारे बोलेका हुन् ।

गए राति साविक विजेता युभेन्टसले आफ्नै मैदानमा लाजियोलाई ३–१ गोलले हराएको थियो । युभेन्टसको जितमा अल्भारो मोरोटाले दुई गोल गर्दा एड्रियन राबिओटले एक गोल गरेका थिए । लाजियोका जोआक्विन कोरेआले एक गोल गरे ।

उक्त खेलमा रोनाल्डो ६९औँ मिनेटमा मोरोटाकै स्थानमा मैदान प्रवेश गरेका थिए । लगातार खेलमा सहभागिता जनाएका कारण रोनाल्डोलाई आराम दिनुपरेको पिर्लोले जनाएका छन् । ‘उनले आठ वा नौ खेलमा लगातार खेलेका छन् । क्रिस्टियानोसँग आफ्नै मान्यता छ । फेरि अन्य खेलाडीले राम्रै पनि गरिरहेका थिए । रोनाल्डोले २० गोल गरिसकेका छन् । अरूले पनि गोल गर्नुपर्छ’, खेलपछि उनले भने ।

‘उनलाई बल दिँदा गोल गर्न सक्छन्, चाहे त्यो १–० गोलले पछि परेको अवस्थामा होस् । उनी ठीक छन्’, उनले थपे, ‘यो आराम सहमतिअनुसार हो किनकि उनले धेरै खेल लगातार खेलिरहेका छन् । र आराम पनि जरुरत हुन्छ ।’

जितसँगै युभेन्टसले २५ खेलमा ५२ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको तेस्रो स्थानमा छ । लाजियो सातौँ स्थानमा छ । उसँग ४३ अङ्क छ ।

jackson ribon