birat ribon

ससंद् होइन, सरकारको एजेन्डा बहिष्कार गरेका हौँ : प्रचण्ड

Neuro
ससंद् होइन, सरकारको एजेन्डा बहिष्कार गरेका हौँ : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् बहिष्कार नभई सरकारले ल्याएको एजेन्डा बहिष्कार गरेको बताएका छन् ।

cura insider

आइतबार प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कँदै गर्दा सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले संसद्को नभई अध्यादेश पेश गर्ने एजेन्डाको विरोध गरेको प्रतिक्रिया दिए ।

असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने एजेन्डा बहिस्कार गरेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले सरकार कसको हो भन्ने दुविधा सिर्जना गरेको बताए ।

कानुन व्यवसायीसँग छलफल गरी स्थायी कमिटी बैठक बसी आगामी रणनीति तय गरिने स्पष्ट पार्दै उनले भने, ‘संसद छोडेर हिँडेको होइन । एउटा एजेन्डा जो सरकारसँग सम्बन्धित थियो । त्यसको बहिष्कार गरेको हो ।’

jackson ribon