birat ribon

पर्यटनमन्त्री ढकाल भन्छन्– विप्लव सहमतिमा आयो, अब नेपालमा पर्यटकले फड्को मार्छ

Neuro
पर्यटनमन्त्री ढकाल भन्छन्– विप्लव सहमतिमा आयो, अब नेपालमा पर्यटकले फड्को मार्छ

काठमाडौँ / संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रूपमा स्थापित भएको बताएका छन् ।

cura insider

मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप वितरण अभियान सफल रूपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

उनले सरकारले नेत्रविक्रमम चन्द्र नेतृत्वको नेकपा सिके राउत र विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको उपलब्धिले आगामी दिनमा पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गए ।

मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

jackson ribon